प्रतितोला १४ सय रुपैयाँले घट्‍यो सुनको मूल्य

Newslaya Home

प्रतितोला १४ सय रुपैयाँले घट्‍यो सुनको मूल्य

शुक्रबार २०, भदौ २०७६

काठमाडौं । सुनको मूल्य शुक्रबार (आज) तोलामा १४ सय रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला ७३ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुन आज प्रतितोला ७२ हजार रुपैयाँमा कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनसँगै चादीको मूल्य पनि घटेको छ । बिहीबारको तुलनामा तोलामा ४० रुपैयाँले घटेर आज चाँदी प्रतितोला ९ सय रुपैयाँ कायम भएको छ ।