यस्ता छन् अमला खानुका फाइदा

Newslaya Home

यस्ता छन् अमला खानुका फाइदा

शुक्रबार २०, भदौ २०७६

अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल पनि हो । अमलाको नियमित सेवनले आँखाको ज्योति बढाउँछ, दिमाग तेजिलो बनाउँछ र छालाका विभिन्न समस्याबाट टाढा राख्छ । आउनुहोस् जानौं यस्ता छन् अमलाका अन्य फाइदाः

१. अमलामा पानीको मात्रा बढि हुने भएकाले पिसाबसम्बन्धी समस्याबाट छुटकारा गराउँछ ।

२. अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान सक्छ ।

३. अमलाले रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ । अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायत विभिन्न पोषक तत्व हुन्छन् । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

४. अमला कपालका लागि पनि अति नै फाइदाजनक छ । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । यति मात्रै होइन, कपाल टुक्रनबाट पनि बचाउँछ ।

५. अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।

६. अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ ।

७. अमलाले ब्लडसुगर नियन्त्रण गर्छ ।

८. अमला खाँदा कब्जियत, अपच, डायरियाजस्ता समस्या हटेर जान्छ ।

९. यसको नियमित सेवनले स्फूर्त राख्छ । मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ ।