दमकमा छतबाट खसेर एक जनाको मृत्यु

Newslaya Home

दमकमा छतबाट खसेर एक जनाको मृत्यु

शुक्रबार २०, भदौ २०७६

झापा । झापाको दमकमा शुक्रबार बिहान घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । दमक–५ मा नाम, थर नखुलेका अन्दाजी २७ वर्षका युवकको घरको छतबाट लडेर मृत्यु भएको हो ।

स्थानीय रोयल पार्टी प्यालेस नजिकै भएको उक्त घटनाको प्रकृति हेर्दा एउटा घरबाट अर्को घरमा जाने क्रममा लडेको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुव्बाले जानकारी दिए ।

शुक्रबार बिहानको राती करिब साढेँ दुई बजेतिर उक्त घटना भएको प्रहरीले जनाएको छ ।

घटना घटेको समय, प्रकृति र शवको अवस्था हेर्दा चोरी गर्ने क्रममा उक्त घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले मृत व्यक्तिको साथबाट केही सामानसमेत फेला पारेकाले चोरीको शंका गरिएको बताएको छ ।

शवलाई पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ ।