वीरगंजमा स्कुल जाँदै गरेकी एक छात्रामाथि एसिड प्रहार, एक जना पक्राउ

Newslaya Home

वीरगंजमा स्कुल जाँदै गरेकी एक छात्रामाथि एसिड प्रहार, एक जना पक्राउ

शुक्रबार २०, भदौ २०७६

वीरगंज । वीरगंजमा शुक्रबार बिहान एक छात्रामाथि एसिड प्रहार भएको छ । वीरगंज महानगरपालिका–२ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि छिमेकी युवक समसाद मियाँले एसिड प्रहार गरेका हुन् ।

घरबाट करिब १ किलोमिटर पूर्व–उत्तरमा रहेको विद्यालय जाने क्रममा बिहान ६ः१५ बजे सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए ।

घटनापछि प्रहरीले एसिड प्रहार गर्ने समसादलाई नियन्त्रणमा लिएको छ भने मजिद आलम फरार छन् । आलमको खोजी कार्य भइरहेको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले बताए ।

एकपक्षीय प्रेमका कारण एसिड प्रहार भाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ ।

एसिड प्रहारबाट किशोरी मुस्कानको गाला र जीउमा पोलेको छ । उनको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।