डेंगुका कारण मन्त्री नै आईसीयूमा

Newslaya Home

डेंगुका कारण मन्त्री नै आईसीयूमा

शुक्रबार २०, भदौ २०७६

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डेंगुका कारण आइसियु पुगेका छन् ।

खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना भएका हुन् । मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुगेका थिए । उनमा डेंगु पुष्टि भएको हो ।

अस्पतालकाअनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ ।