इटहरीमा ट्राफिक प्रहरीले नागरिकता विनै लाइसेन्स दिएको खुलासा

Newslaya Home

इटहरीमा ट्राफिक प्रहरीले नागरिकता विनै लाइसेन्स दिएको खुलासा

शुक्रबार २०, भदौ २०७६

इटहरी । इटहरीस्थित यातायात कार्यालयले नागरिकता बिनै लाइसेन्स वितरण गरेको खुलासा भएको छ ।

इटहरीमा नवीकरणका लागि आएका लाइसेन्सको जारी मिति र नागरिकता जारी मिति जुधाएर हेर्दा नागरिकता अगाडी नै लाइसेन्स बनाएको पाइएको हो ।

२०५८/५९ भन्दा पहिले लाइसेन्स जारी गर्ने अधिकार गृह मन्त्रालय अन्तर्गत ट्राफिक प्रहरीलाई थियो । उसले साविकका १४ वटै अञ्चलमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र दिने गथ्र्यो ।

२०५० सालमा मूल चन्द्र जैन ‘मालु’को नाममा जारी भएको लाइसेन्स नवीकरणका लागि गएपछि ट्राफिक कार्यालयको उक्त बद्मासी खुलेको हो । जैनले नागरिकता भने २०६३ फागुन २८ मा लिएको देखिएको छ ।

४ पटकसम्म सहजै नवीकरण भएको उक्त लाइसेन्स पाँचौ पटक नवीकरणगर्दा भने शंका लागेर कार्यालयले जाँच गरी रोकिदिएको छ ।

प्रदेश १ सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीकी प्रमुख विन्दा नेपालका अनुसार तत्कालीन अञ्चल ट्राफिक प्रहरी कार्यालय अहिलेको प्रदेश ट्राफिक कार्यालयलाई यस विषयमा विस्तृत रुपमा पूर्ण जानकारी दिन लेखी पठाइएको छ ।

इटहरी कार्यालयले शंकास्पद अन्य केही लाइसेन्सकोसमेत पूर्ण विवरण हेर्न धरानस्थित प्रदेश प्रहरी कार्यालयमा पठाएको छ ।