अन्तर्राष्ट्रिय क्रिकेटमा थपिँदै नेपाली खेलाडी : पाकिस्तानी ऐजेन्टले दर्ता गर्यो पाँच नाम

Newslaya Home

अन्तर्राष्ट्रिय क्रिकेटमा थपिँदै नेपाली खेलाडी : पाकिस्तानी ऐजेन्टले दर्ता गर्यो पाँच नाम

शुक्रबार २०, भदौ २०७६

काठमाडौ । नेपालका क्रिकेटरहरु एक पछि अर्कोले अन्तर्राष्ट्रिय अवसर पाइरहेका छन् । पाकिस्तानी एजेन्ट साया कर्पोरेसनले सन्दीप र सोमपाल कामीसहित दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र शरद भेषवाकरको नाम पनि दर्ता गराएको छ।

छोटो फर्म्याटको टी–१० क्रिकेटका लागि कर्पोरेसनले नेपालका सन्दीप बाहेक थप पाँच खेलाडीको नाम दर्ता गराएको हो ।

यसअघि ग्लोबल टी–२० मा सोमपाल कामीको नाम पनि यही एजेन्टले दर्ता गराएको थियो । फ्रेन्चाइजी लिगमा खेलाडीको नाम दर्ता गराएबापत एजेन्टले केही शुल्क लिने गर्छ ।