१७५ उपसचिव र १०० सहसचिवसहित ७ हजार भर्ना खुल्दै

Newslaya Home

१७५ उपसचिव र १०० सहसचिवसहित ७ हजार भर्ना खुल्दै

शुक्रबार २०, भदौ २०७६

काठमाडौं । केन्द्रीय सरकारअन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएको छ ।

पहिलो चरणमा सो संख्यामा कर्मचारीहरुको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरिएको छ । निर्णयसँगै लोकसेवाले पनि आवश्यक तयारी थालिएको जानकारी दिएको छ ।

मन्त्रालयको यस निर्णयसँगै संघमा रिक्त रहेका विभिन्न सेवा समूहका अन्य ७ हजार रिक्त पदमा कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ ।

मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय तथा निकायहरूका झन्डै ७ हजारको कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त पदहरूमा १६३ सहसचिव, ३ सयको संख्यामा उपसचिव, ६ सयको संख्यामा शाखा अधिकृत र ६ हजारको हाराहारीमा नायब सुब्बा र खरिदार पद रिक्त रहेका छन् ।