चन्दा नपाएपछि इटहरी र धरानको स्कुलमा मध्यरात बम प्रहार

Newslaya Home

चन्दा नपाएपछि इटहरी र धरानको स्कुलमा मध्यरात बम प्रहार

शुक्रबार २०, भदौ २०७६

इटहरी । सुनसरीको इटहरीको सुस्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बम प्रहार गरिएको छ । बिहीबार मध्यरातमा नेत्रविक्रम चन्द्र विप्लवले बम आतंक मच्चाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार चन्दा आतंक मच्चाउन बम प्रहार गरिएको हो । विप्लव समुहका व्यक्तिहरु इटहरीबाट पक्राउ परीरहेकोले डर देखाउन बम प्रहार गरेको बताए ।

बम प्रहार गर्नेको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ ।