७४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

Newslaya Home

७४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

शुक्रबार २०, भदौ २०७६

एजेन्सी । भारतमा ७४ वर्षीया महिलाले जुम्ल्याहा शिशु (बालिका) हरूलाई जन्म दिएकी छिन् । मंगयाम्मा नाम गरेकी ती महिलाले ती बालिकाहरुलाई जन्म दिएकी हुन् । ५७ वर्षअघि विवाह गरेपनि गर्भ रहेको थिएन ।

मंगयम्मा एक दशकदेखि उपचाररत रहेकी थिइन् । एक बर्ष पहिले उनले गुन्टुरका डा. सनककायला उमाशंकरलाई भेटेकी थिइन्। डाक्टरहरूले उनको सामान्य शल्यक्रिया गरे र अर्को महिलाको मूत्र उनको शरीरमा ट्रान्सप्लान्ट गरेका थिए। यो शल्यक्रियापछि मंगयाम्मा गर्भवती भएकी थिइन् ।

डाक्टरहरुका अनुसार मंगयम्मा ७४ वर्षको उमेरमा पनि निकै फिट छिन् । उनीसँग न डायबेटिज छ न उच्च बीपीको समस्या नै छ । २ बालिकालाई जन्म दिएपछि मंगयाम्माले खुसी व्यक्त गरिन् ।

महिलाका पति राजा राव भज्छन्, कि अस्पतालमा नौ महिना बितिसकेको छ, बच्चाको अनुहार देखेपछि म सबै संघर्ष बिर्सन्छु । मंगयम्मा बच्चाहरूलाई स्तनपान गर्न भने असमर्थ छिन्, त्यसैले बालिकाहरुका लागि दुध बैंकको सहयोगमा उनीहरुलाई दुध खुवाउने गरिएको छ ।