एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने

Newslaya Home

एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने

शुक्रबार २०, भदौ २०७६

काठमाण्डौ । ह्याक हुन थालेपछि नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट झिक्न मिल्ने रकमको सीमा घटाएको छ ।

बिहीबार जारी निर्देशनअनुसार राष्ट्र बैंकले एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा न्यूनतम पाँच सय रुपैयाँ र बढीमा २० हजार रुपैयाँभन्दा धेरै पैसा झिक्न नपाइने जनाएको छ ।

यसअघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न मिल्थ्यो ।