'मिस तामाङ प्रदेश एक' को ट्यालेन्ट राउण्ड सम्पन्न

Newslaya Home

'मिस तामाङ प्रदेश एक' को ट्यालेन्ट राउण्ड सम्पन्न

- भुमिका पाख्रीन
बिहीबार १९, भदौ २०७६

उर्लाबारी । 'मिस तामाङ प्रदेश १' को ट्यालेन्ट राउण्ड बुधवार राती सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ सङ्घ उर्लाबारीको आयोजनामा हुन गइरहेको प्रतियोगिताको उक्त राउन्डमा प्रतिपर्धीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतियोगिता प्रदेश १ भरिका तामाङ समुदायबाट प्रतिनिधित्व गरेका युवायुवतीहरुकोे व्यक्तित्व विकास, अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा भाषा संस्कार तथा संस्कृतिको उत्थान र प्रवर्द्धन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजु तामाङले बताएका छन् ।

लामाका अनुसार ‘मिस तामाङ प्रदेश १’ मा १४ जना सहभागी छन् । अहिले उर्लाबारीमा बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगिताको फिनाले भदौ २८ गते धनकुटाको हिलेमा हुने छ ।