झापामा एक जनाले आफ्नै शरिरमा आगो लगाएर गरे आत्महत्या

Newslaya Home

झापामा एक जनाले आफ्नै शरिरमा आगो लगाएर गरे आत्महत्या

बिहीबार १९, भदौ २०७६

झापा । झापामा एकजना भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला पानीटंयाकी बस्ने २३ वर्षीय विश्वनाथ बर्मन रहेका छन् ।

प्रहरीका अनुसार उनी अर्जुनधारा नगरपालिका ६ माहानन्दचोक नजिकै पूर्वेली टोलस्थित प्रदीप गिरीको फर्निचर उद्योगमा काम गर्दै आइरहेका थिए। काम गर्ने सिलसिलामा बिहीबार दिउँसो तारपिनको तेल र स्प्रिट शरीरमा खन्याई शौचालयको ढोका बन्द गरी शरीरमा आगो लगाएका थिए।

घटनाको विषयमा थप जानकारी लिन इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको छ। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।