विराटनगरमा एक युवक मृत अवस्थामा फेला

Newslaya Home

विराटनगरमा एक युवक मृत अवस्थामा फेला

बिहीबार १९, भदौ २०७६

विराटनगर १९ भदौ । विराटनगर १६ रानी भट्टिमोडमा पहिचान नखुलेका एक युवकको शव फेला परेको छ ।

मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । तराई मुलको देखिने अन्दाजी २५ वर्षीय युवकको मादक पदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल पोस्टमार्टमको लागी लैजाने तयारी भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।