मृत व्यक्तिको नाममा भत्ता लिएको आरोपमा एकजना विरुद्ध मुद्दा दायर

Newslaya Home

मृत व्यक्तिको नाममा भत्ता लिएको आरोपमा एकजना विरुद्ध मुद्दा दायर

बिहीबार १९, भदौ २०७६

तेह्रथुम। मृत व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तेह्रथुममा एकजना विरुद्ध मुद्दा दायर भएको छ ।

जसमा तेह्रथुमको तत्कालीन दाँगपा गाविसका सचिव मणिप्रसाद राइविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

तत्कालीन गाविस सचिव रहेका राईमाथि आफैले ल्याप्चे लगाएर झुटा कागजातको आधारमा तत्कालिन जिल्ला विकास समितिबाट २ लाख ९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता लिएको आरोप रहेको छ ।

बिहीबार राई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँ मुद्दा दायर गरेको हो ।