महोत्तरीमा वडाध्यक्षद्वारा कुटिए प्रधानाध्यापक

Newslaya Home

महोत्तरीमा वडाध्यक्षद्वारा कुटिए प्रधानाध्यापक

बिहीबार १९, भदौ २०७६

महोत्तरी । महोत्तरीमा वडाध्यक्षद्वारा प्रधानाध्यापक कुटिएका छन् ।

महोत्तरी बलबा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विजय महतोले मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत विहीबार हुने भनिएको साइकल वितरण कार्यक्रमको अध्यक्ष गर्न नदिएको भन्दै प्रधानाध्यापक महेश झा रोशनमाथि हातपात गरेका हुन्।

अध्यक्षताको बारेमा विद्यालय परिसरमा अन्य शिक्षकहरुसँग छलफल गरिरहेका बेला लगभग २०–२५ जनासहित विद्यालयमा आएका वडा अध्यक्ष महतोले अचानक मुख्यमन्त्रीको स्वागतका लागि राखिएका कुर्सीहरु तोड़फोड गरेका थिए ।

तोडफोड रोक्न खोज्दा अध्यक्षसहित उनीसँग आएकाहरु आफुमाथि जाई लागेको झाले बताए । यता प्रधानाध्यापकलाई हातपात गरिरहेको देखेपछि उक्त विद्यालयका विद्यार्थीले वडाअध्यक्ष महतोलाई लखेटेपछि उनी भागेका थिए। महतोले घरनजिकै प्रहरी बोलाएर पिट्न लगाएको कक्षा १० मा अध्ययनरत विद्यार्थी एक विद्यार्थीले बताएका छन् ।

प्रहरीको लाठी चार्जबाट पाँचजना विद्यार्थी घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको जनाइएको छ।