चिनियाँ वैज्ञानिकले पत्ता लगाए क्वान्टम तरङ्ग कणको नयाँ सुपरपोजिसन

Newslaya Home

चिनियाँ वैज्ञानिकले पत्ता लगाए क्वान्टम तरङ्ग कणको नयाँ सुपरपोजिसन

बिहीबार १९, भदौ २०७६

काठमाडौं । चिनियाँ वैज्ञानिकहरुले प्रकाशको क्वान्टम तरङ्ग कणको नयाँ सुपरपोजिसन पत्ता लगाएका छन् । नान्जिङ यूनिभर्सिटीमामा अनुसन्धान गरिरहेका चिनियाँ अनुसन्धानकर्ताहरुले उक्त क्वान्टम वेभ निर्माण गरेको चिनियाँ सञ्‍चार माध्‍यमहरुले जनाएका छन् ।

क्वान्टम रिसर्च टीमका लिडर प्रोफेसर मा सियाओसङले प्रकाश तरङको माध्‍यमबाट मात्रै नभइ क्वान्टमको सुपरपोजिशन माध्‍यमबाट चलायमान हुन सक्‍ने बताएका छन् ।

नेचर जर्नलमा भर्खरै प्रकाशित नयाँ इस्यूमा फोटोनिक्सले क्वान्टमको डिभाइसबाट थप नयाँ अनुभूतिहरु र भविष्‍यमा आउने नयाँ क्वान्टम प्रविधिहरुको माध्‍यमले विकासलाई नयाँ तरिकाले परिभाषित गरिदिने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।

अनुसन्धानदाताहरुले क्वान्टमको पहिलो अनुभव वैज्ञानिक आइन्सटाइनको स्तरमा रहेर काम गरेका थिए जून दुइ फरक ल्‍याबहरुमा करीब १४१ मिटर दूरीमा रहेका गरेका थिए ।

यसबारेमा प्रोफेसरको टीममा रहेर पीएचडी गरिरहेका वाङ काइले क्वान्टमको नयाँ खोजबारे भनेका छन्, ‘क्वान्टमको यो प्रयोग गर्नलाइ धेरै सतर्क भएर सेटअप गर्नु जरुरी छ । किनकी यसले दुइ फरक ठाउँमा रहेर पनि त्यही काम बिना कुनै समय फत्ते गर्न सक्छ । यदि गलत काम भएमा ठूलो क्षति व्यहोर्नु पर्नेछ ।’