प्रतिलिटर ६ रुपैयाँले बढ्यो दूधको मूल्य

Newslaya Home

प्रतिलिटर ६ रुपैयाँले बढ्यो दूधको मूल्य

बिहीबार १९, भदौ २०७६

काठमाडौँ । सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ ।

बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरिएको हो ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको हुन् । तर, फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको घिमिरेले बताए ।

दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए । यस्तै, बढेको मुल्य शनिबारबाटमात्रै लागू हुने उनले जनाए ।