ऋतिक र टाइगर स्टारर ‘वार’को गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

ऋतिक र टाइगर स्टारर ‘वार’को गीत सार्वजनिक (भिडियोसहित)

बिहीबार १९, भदौ २०७६

काठमाडौं । ऋतिक रोशन र टाइगर श्राफको एक्सन अवतारका कारण ‘वार’को ट्रेलरले राम्रै चर्चा पाइरहेको बेला चलचित्रमा समावेस ‘घुङ्घुरु’ बोलको गीत सार्वजनिक गरिएको छ ।

ट्रेलरले जस्तै गीतले पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । युट्युबमा सार्वजनिक भएको ५ घण्टाभित्रमै उक्त गीत ४१ लाखभन्दा बढी पटक हेरिसकिएको छ । गीतमा ऋतिक रोशन र वाणी कपूरको हट केमेस्ट्री देख्न सकिन्छ भने नृत्यमा पोख्त ऋतिकको गजबको नृत्य पनि देख्न सकिन्छ । जसको दर्शकले जमेरै तारिफ गरिरहेका छन् ।

गीतमा अरजीत सिंह र शिल्पा रावले स्वर दिएका छन् । गीतको कोरियोग्राफ बास्को मार्टिसले गरेका छन् भने गीतलाई फ्रान्सको कोर्सिकामा छायांकन गरिएको छ ।

चलचित्र २ अक्टोबरबाट प्रदर्शनमा आउनेछ ।