श्रीमतीको वास्ता नगरी दिनरात पढेको पढ्यै भएपछि.......

Newslaya Home

श्रीमतीको वास्ता नगरी दिनरात पढेको पढ्यै भएपछि.......

बिहीबार १९, भदौ २०७६

काठमाडौं । औपचारिक शिक्षामा विद्यावारीधि (पीएचडी) गरिसकेका पतिले सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै गरेपछि भारतको मध्य प्रदेशमा पतिपत्नीबीच सम्बन्धविच्छेदको अवस्था आएको छ ।

हालसालै विवाह भएको भएपनि पतिले पढाइमै व्यस्त भएर आफूलाई वास्ता नगरेको भन्दै पत्नी घर छाडेर हिँडेकी छन् । पतिले सरकारी जागिरका लागि यूपीएससी र प्रदेशस्तरीय विभिन्न परीक्षाको तयारी गर्ने गरेका थिए ।

स्थानीय जिल्ला कानूनी सेवा केन्द्रकी परामर्शदाता नूरनिसा खानका अनुसार युवक परिवारका एक्ला छोरा हुन् । घरमा अभिभावक बिरामी भएपछि स्याहारसुसारका लागि युवकले विवाह गरेका थिए । तर विवाहपछि पढाइको चक्करमा परेर पत्नीलाई बेवास्ता गरेको आरोप छ ।

पत्नीले घर छाडेर गएपछि युवकले सम्बन्धविच्छेद (तलाक)को मुद्दा दर्ता गराएको समाचार भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशित छ । युवकका अनुसार पत्नी घर छाडेर गएपछि सम्पर्कमा समेत आएकी छैनन् । आफन्त नातेदारले धेरै प्रयास गर्दा समेत समाधान ननिस्केपछि तलाकको मुद्दा दर्ता गरिएको युवकले जनाएका छन् ।