काबुलमा अमेरिकी दूतावास नजिकै बिस्फोट हुँदा १० जनाको मृत्यु

Newslaya Home

काबुलमा अमेरिकी दूतावास नजिकै बिस्फोट हुँदा १० जनाको मृत्यु

बिहीबार १९, भदौ २०७६

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार बिहान विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कार बम बिस्फोट हुँदा १० जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

आतंकवादी समूह तालिबानले बिस्फोटको जिम्मा लिएको छ ।

यसअघि सोमबार राति पनि तालिबानले काबुलमा बिस्फोट गरेको थियो । उक्त बिस्फोटमा परी १६ जनाको ज्यान गएको थियो । तीमध्ये दुई जना नेपाली सुरक्षा गार्ड भएको बताइएको छ तर परराष्ट्र मन्त्रालयले त्यसको पुष्टि गरेको छैन ।

अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ ।