चीनको युनान प्रान्तमा गएको पहिरोमा परी ९ जना बेपत्ता

Newslaya Home

चीनको युनान प्रान्तमा गएको पहिरोमा परी ९ जना बेपत्ता

बिहीबार १९, भदौ २०७६

चीन । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको पहिरोमा परी नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सूचना विभागले जनाएको छ ।

उक्त पहिरोमा फसेकाहरुको उद्धारकार्य भइरहेको बताइएको छ ।