न्यूजील्याण्डमा फैलियो दादुराको प्रकोप

Newslaya Home

न्यूजील्याण्डमा फैलियो दादुराको प्रकोप

बिहीबार १९, भदौ २०७६

न्यूजील्याण्ड । न्यूजील्याण्डमा १ हजारभन्दा बढीलाई दादुरा फैलिएको छ । त्यहाँ गत १ जनवरीदेखि ५ सेप्टेम्बर २०१९ सम्ममा १ हजार ५१ जनालाई यो रोग लागेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दादुरा हुँदा खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । सुरक्षित भ्याक्सिन पनि उपलब्ध रहेको छ । विकसित देशमा यो रोग धेरै अघि देखि देखिएको थिएन । न्यूजील्याण्डको अकल्याण्ड क्षेत्रमा अहिले यो रोग धेरै फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयले १२ महिनादेखि ५० वर्ष सम्मकालाई भ्याक्सिन लिन आग्रह गरेको छ । अधिकारीहरुले बिरामी भएको अवस्थामा काम, विद्यालय वा सार्वजनिक स्थानमा नजान आग्रह गरेको छ ।