पञ्जाबको पटाका कारखानामा विस्फोट, २३ जनाको मृत्यु

Newslaya Home

पञ्जाबको पटाका कारखानामा विस्फोट, २३ जनाको मृत्यु

बिहीबार १९, भदौ २०७६

काठमाडौं । भारतको पञ्जाबमा रहेको पटाका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी मानिस घाइते भएका छन् ।कारखानाका एक मालिक बाहेक मारिने सबै व्यक्ति अवैध इकाइका कामदार रहेको प्रहरीले जनाएको छ । घटना हुँदा कारखाना नजिक पुगेका दुईजना पनि मारिएका छन् ।

विस्फोटको कारण पत्ता लागेको छैन । विस्फोट निकै ठूलो भएकाले लगभग एक किलोमिटर परसम्म त्यसको आवाज सुनिएको थियो । कारखानाको ५०० मिटर क्षेत्रको एक शपिङ मल र घरहरूका शीशा फुटेका थिए । विस्फोटमा नजिकैका भवन पनि क्षतिग्रस्त भएका छन् ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ । उक्त क्षेत्रका स्थानीयहरूले आवास क्षेत्रमा अवैध पटाका कारखाना हटाउनका लागि प्रशासनलाई धेरैपटक अनुरोध गरे पनि बेवास्ता गरिएको थियो ।