विद्यालय समयमा सवारी साधन चलाउन निषेध

Newslaya Home

विद्यालय समयमा सवारी साधन चलाउन निषेध

बिहीबार १९, भदौ २०७६

पाँचथर । फिदिम बजारमा विद्यालय समयमा सवारी साधन चलाउन निषेध गरिएको छ ।

विद्यालय समयमा सवारीको चाप बढनाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले फिदिम नगरपालिका –१ को कार्यालयले समय तोकेर प्रवेश निषेध गर्ने गरी होडिङ बोर्ड राख्न थालेको छ ।

विद्यालय समयमा बजार क्षेत्रभित्र तिव्र गतिमा सवारी चलाउने, मालवाहक तथा ठूला सवारी साधानहरु संचालन गर्दा दुर्घटनाको जोखिम वढेको भन्दै होडिङ बोड राखिएको जनाइएको छ ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखले विद्यालय समयमा सवारी साधान नचलाईदिँदा पनि सवारी दुर्घटनामा न्यूनीकरण हुने बताएका छन् ।