अमेरिकामा भएको सवारी दुर्घटनामा परी विराटनगरका एकै परिवारका तीन नेपालीको मृत्यु

Newslaya Home

अमेरिकामा भएको सवारी दुर्घटनामा परी विराटनगरका एकै परिवारका तीन नेपालीको मृत्यु

बिहीबार १९, भदौ २०७६

काठमाण्डौ । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा विराटनगरका एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको स्थानीय जोप्लिन प्रहरीले जनाएको छ । उनका बुबा–आमा अमेरिका घुम्न नेपालबाट गएका हुन् ।

कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन् । प्रभाशको अवस्था स्थिर छ भने बालिकाको अवस्था चिन्ताजनक छ ।

उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो । श्रद्धा र प्रभाश अगाडी सिटमा थिए भने अरू पछाडीको सिटमा थिए ।

गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।