हंसपुर नगरपालिकामा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु

Newslaya Home

हंसपुर नगरपालिकामा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु

बिहीबार १९, भदौ २०७६

जनकपुर । कार्यालय सार्ने विवादलाई लिएर धनुषाको हंसपुर नगरपालिकामा भएको झडपको क्रममा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । झडपमा गम्भीर घाइते भएका बघचौडाका ५५ वर्षीय तपेश्वर मण्डलको उपचारका क्रममा मृत्यु भएको हो ।

गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरी सहित साबिकको कार्यालय बघचौडामा रहेको सामाग्रीहरु जबरजस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित त्यहाँका स्थानीयले रोकेपछि प्रहरीले लाठीचार्ज गर्दा मण्डलसहित आधा दर्जन स्थानीय घाइते भएका थिए ।

झडपमा परी गम्भीर घाइते भएका मण्डललाई तत्कालै जनकपुर अंचल अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनी अंचल अस्पतालमै उपचाररत थिए ।