बहमासमा आँधीका कारण २० जनाको मृत्यु

Newslaya Home

बहमासमा आँधीका कारण २० जनाको मृत्यु

बिहीबार १९, भदौ २०७६

काठमाडौं । बहमासमा लगातार दुई दिनसम्म चलेको आँधीका कारण २० जनाको मृत्यु भएको छ । बहमासमा आएको शक्तिशाली आँधी ‘डोरियन’का कारण जनजीवन प्रभावित भएको छ ।

डोरियन आँधीका कारण उक्त क्षेत्रमा तिव्र गतीमा हावाहुरी चलेको थियो भने कतिपय क्षेत्रमा भू–स्खलन समेत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आँधी १ सय ७५ किलोमिटर प्रतिघन्टाको तिव्र गतिमा चलेको जनाइएको छ । डोरियन आँधी अहिले अमेरिकातर्फ अघि बढेको अधिकारीहरुले जनाएका छन् ।