धरौटी बढाउन नसकेपछी ३०३ मेनपावर कम्पनि खारेज हुँदै

Newslaya Home

धरौटी बढाउन नसकेपछी ३०३ मेनपावर कम्पनि खारेज हुँदै

बिहीबार १९, भदौ २०७६

काठमाडौं । सरकारले धरौटी बढाउन दिएको अन्तिम मिति बुधबारसम्म ८ सय ४८ म्यानपावरले बैंक ग्यारेन्टी र नगद धरौटी राख्ने प्रक्रिया पुरा गरेका छन् ।

योसंगै अब नेपालमा ८ सय ४८ म्यानपावर कम्पनी रहने भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेजीमा परेर बन्द हुनेछन् ।

यति म्यानपावर कम्पनी गाभिएर कुल १३१ वटा म्यानपावरले धरौटी पुरा गरेका छन् ।

वैदेशिक रोजगारका लागि इजाजतपत्र लिएका कूल १५२७ संस्थामध्ये विभिन्न समयमा गरी २०४ संस्था खारेज भैसकेका थिए। भदौ १ गतेसम्म १३२३ संख्यामा इजाजतपत्रवाला कानूनी हिसाबले अस्तित्वमा रहेका रहेका थिए।

विभागले सुरुआतमा बढीमा ६ सय म्यानपावर कम्पनीले मात्रै हाल बढेको धरौटी पुरा गर्न सक्ने आँकलन गरेको थियो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले ५ सयभन्दा बढी म्यानपावर कम्पनी आवश्यक नभएको भन्दै वैदेशिक रोजगार ऐनमा संशोधन गरेर धरौटी वृद्धि गरेको थियो ।

तर, अन्तिम सयममा विभागमा धरौटी र बैंक ग्यारेन्टी लिएर पुग्ने म्यानपावरको संख्या ह्वात्तै बढ्दा संख्या उच्च हुन पुग्यो । यसका कारण बुधबार अन्तिम दिनमा पनि ९८ वटा म्यानपावर कम्पनीहरु धरौटी लिएर पुगेका थिए ।