मन्त्री योगेश भट्टराईले आफुभन्दा अघि कांग्रेस नेतालाई सम्मान गर्न लाएपछी ...

Newslaya Home

मन्त्री योगेश भट्टराईले आफुभन्दा अघि कांग्रेस नेतालाई सम्मान गर्न लाएपछी ...

बिहीबार १९, भदौ २०७६

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आफू भन्दा पाका नेताप्रती विशेष सम्मान देखाउने गरेका छन् ।

उनले भरखरै चितवनमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रती देखाएको सम्मानले उनकै कार्यकर्ता छक्क परेका छन् । विमानस्थलमा भट्टराई संगै सिटौला पनि विमानमार्फत पुगेका थिए ।

सो समयमा स्वागत गर्न बसेका सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्षहरु भट्टराईको व्यवहार देखेर छक्क परे । स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले पहिले भट्टराईलाई खादा लगाइदिन खोजे । तर मन्त्री भट्टराईले रोक्दै सिटौलातर्फ देखाउँदै भने, ‘पहिला दाइलाई।’

उनको भनाइसँगै बस्नेतलेसँगै रहेका सिटौलालाई त्यही खादा पहिले ओडाए। त्यसपछि मन्त्री भट्टराईलाई अर्को खादा ओडाए।

यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए। चितवन क्षेत्र नं– २ का सङ्घीय सांसद एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गरे।

केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवालाई भेट गरी जानकारी गराएका थिए। रासस