लेटाङमा गजल बाचन कार्यक्रम सम्पन्न

Newslaya Home

लेटाङमा गजल बाचन कार्यक्रम सम्पन्न

- भुमिका पाख्रीन
बुधबार १८, भदौ २०७६

लेटाङ । लेटाङ जेसिज वर्ष २०१९ को सप्ताह कार्यक्रम अन्तर्गत बुधबार गजल बाचन कार्यक्रम सम्पन्न भएको छ ।

साहित्यकार शिव प्रणतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गजल बाचनमा अन्जान यात्री, युवराज ठकुरी अज्ञानी, युवराज काफ्ले ई वान, सुनिता तामाङले गजल वाचन गरेका थिए । विशेष गजल बाचन अन्तर्गत गजलकार लोकेन्द्र बन्जराले आफ्ना उत्कृष्ट गजलहरु वाचन गरेका थिए ।

कार्यक्रममा साता भरी गरिएका विभिन्न कार्यक्रमका पुरस्कृतहरुलाई पुरस्कार वितरण साथै सम्मान समेत गरिएको आयोजक लेटाङ जेसिजका कार्यकारिणी उपाध्यक्ष आशिष ढकालले बताए । साता व्यापी कार्यक्रमको बुधबार नै समापन समेत गरिएको छ ।