रविको पुनरावेदनमा यस्तो भन्यो उच्च अदालतले

Newslaya Home

रविको पुनरावेदनमा यस्तो भन्यो उच्च अदालतले

बुधबार १८, भदौ २०७६

काठमाडौं । पत्रकार रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।

साउन २० मा पुडासैनीले आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भएका लामिछाने र ३ लाख धरौटीमा रिहा भएका अर्का पत्रकार युवराज कँडेल मंगलबार उच्च पाटनमा पुनरावेदनका लागि पुगेका थिए ।

लामिछाने र कँडेलले जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् ।

उनीहरुको निवेदनमा न्यायाधीश टेकराज नेपालको इजलाशले पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो।