सिरहाको गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ

Newslaya Home

सिरहाको गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ

बुधबार १८, भदौ २०७६

सिरहा । सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान पश्चात् मात्र थप कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।