बजाजको भविष्यवाणी अफर महाएक्सचेन्ज मेला २२ देखि धरानमा

Newslaya Home

बजाजको भविष्यवाणी अफर महाएक्सचेन्ज मेला २२ देखि धरानमा

बुधबार १८, भदौ २०७६

धरान । बजाज कम्पनीको भविष्यवाणी अफर अन्तर्गत महा एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ ।

भदौ २२ गतेदेखि २७ गतेसम्म धरानका लागि आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रदर्श अटोले एक्सचेन्ज मेलाको आयोजना गर्ने जनाएको छ । गत वैशाखमा आयोजना भएको मेलामा ग्राहकको अत्याधिक माग बढ्दै गएकाले चाडबाडको अवसरमा पनि एक्सचेन्ज मेलाको आयोजना गरिएको अटो का सञ्चालक अर्बिन तामाङले बताए ।

मेलामा भविष्यवाणी अफरमा नयाँ बाइक खरिद गर्नु अगाडि नै अधिकतम १ लाख सम्मको छुट प्राप्त गर्न सकिने छ भने खरिद गरिसके पछि पनि १ लाख सम्मकै छुट प्राप्त गर्न सकिने तामाङले बताए । धरानको सभागृहमा हुने एक्सचेन्ज महा मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साट्न सकिनेछ । एक्सचेन्ज अफरमा मोटरसाइकलको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँ रहेको छ । मूल्याङ्कन भएको रकममा थप १५ हजार रुपैयाँ गरिने भएको छ ।

नयाँ बजाज मोटरसाइकल खरिदमा बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेग गार्ड प्राप्त गर्नुका साथै ठाउँको ठाउँ फाईनान्स तथा ईन्स्युरेन्सको सुविधा समेत प्राप्त गरिने भएको छ ।