सञ्चारमन्त्रीलाई सच्चिन आग्रह गर्दै प्रेस युनियन सुनसरीले पठायो ज्ञापन पत्र

Newslaya Home

सञ्चारमन्त्रीलाई सच्चिन आग्रह गर्दै प्रेस युनियन सुनसरीले पठायो ज्ञापन पत्र

बुधबार १८, भदौ २०७६

इनरुवा । नेपाल प्रेस युनियन सुनसरीले सञ्चारमन्त्री गोकुल बास्कोटालाई सच्चिन आग्रह गर्दै ज्ञापन पत्र पठाएको छ ।

युनियनले सरकारी सञ्चारमाध्यममा सरकारले मनपरी गरेको भन्दै सञ्चार मन्त्रालय र सञ्चारमन्त्री बास्कोटालाई सच्चिन आग्रह गर्दै जिल्ला प्रशासन सुनसरी मार्फत ज्ञापन पत्र पठाएको हो ।


दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुँवरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाएको भन्दै आपत्ति जनाएको हो । अल्टिमेटमसहित तत्काल पुनर्बहाली गर्न माग गदै विवादित सञ्चार विधेयक समेत सच्याउन माग सहित प्रेस युनियन सुनसरीले ज्ञापन पत्र बुझाएको हो ।

त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला सङ्घसंस्था कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति आपत्ति समेत जनाइएको छ ।