भारतीय क्रिकेटर मोहम्मद सामीलाई लाग्यो घरेलु हिंसाको आरोप

Newslaya Home

भारतीय क्रिकेटर मोहम्मद सामीलाई लाग्यो घरेलु हिंसाको आरोप

बुधबार १८, भदौ २०७६

काठमाडौँ । भारतीय क्रिकेटर मोहम्मद सामीलाई घरेलु हिंसको आरोप लागेको छ ।

घरेलु हिंसाको उजुरीमा अदालतले सामीविरुद्ध एरेस्ट वारेन्ट जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सामीविरुद्ध उनकी श्रीमती हासिन जहानले घरेलु हिंसाको उजुरी गरेपछि वेस्ट बंगाल अदालतले पक्राउ पुर्जी जारी गरेको हो। सामी हाल वेस्ट इन्डिजमा दुई देशीय क्रिकेट शृंखला खेलिरहेका छन्।