झापामा वडा कार्यालय भित्रै भयो छुरा प्रहार

Newslaya Home

झापामा वडा कार्यालय भित्रै भयो छुरा प्रहार

बुधबार १८, भदौ २०७६

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालय भित्र साथीले साथीलाई छुरा प्रहार गरेका छन् ।

जसमा बुधबार बिहान पुरानो रिसिवीका कारण २३ वर्षीय सागर तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहारबाट घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले छुरा प्रहार गर्ने तिम्सिनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।