खोटाङमा कुटपिटबाट एकजनाको मृत्यु

Newslaya Home

खोटाङमा कुटपिटबाट एकजनाको मृत्यु

बुधबार १८, भदौ २०७६

खोटाङ । खोटाङमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कुटपिटबाट खोटाङको बाराहापोखरी गाउँपालिका घर भएका १८ वर्षीय संजय राई रहकेका छन् । मंगलबार राति चार जनाको कुटपीटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपीटमा संलग्न २ जनालाई मंगलबार राति नै महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ भला नगरपालिका ३ का १७ वर्षीय अजय राई र सोलुखुम्बुका १८ वर्षीय सागर बस्नेत रहेका छन्।कुटपीटमा संलग्न २ जना भने फरार छन्।