न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

Newslaya Home

न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

बुधबार १८, भदौ २०७६

काठमाडौं । न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको छ । न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले उक्त दुर्घटना भएको र त्यसमा परी छ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् ।

चिनियाँ पर्यटक चढेको उक्त बस चीनको सिचुआन प्रान्तको पर्यटक समूहसँग आवद्ध भएको चिनियाँ राजदूतावासले दिएको जानकारीमा उल्लेख छ । चिनियाँ दूतावासले बुधबार विज्ञप्तिमा जारी गर्दै आकस्मिक छानबीनको संयन्त्र सुरू गरेको जनाएको छ । दूतावासबाट नै छानबीन समिति गठन गरी उक्त सवारी दुर्घटनाको कारण बारे छानवीन गरिने जनाइएको छ ।

चिनियाँ राजदूत वु सिले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र उनीहरुका आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइते चिनियाँ पर्यटकलाई सहयोग गर्न दूताबासका कर्मचारी निर्देशन दिएका छन् ।

चिनियाँ दूतावासले न्यूजिल्याण्ड सरकारलाई घाइतेहरुलाई बचाउन प्रभावकारी कदम चाल्न, दुर्घटनाको कारण छिटो भन्दा छिटो पत्ता लगाउन आग्रहसमेत गरेको छ । सो दुर्घटना भएको समयमा २० भन्दा बढी व्यक्ति बसमा सवार रहेको न्युजिल्याण्ड प्रहरीले जनाएको छ ।