सीता एयर विमानको एउटा इन्जिन आकाशमै फेल भएपछि........

Newslaya Home

सीता एयर विमानको एउटा इन्जिन आकाशमै फेल भएपछि........

बुधबार १८, भदौ २०७६

काठमाडौं । बुधबार विहान लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेको सीता एयरको ड्रोनियर ९ एन–एजेएच विमानको एउटा इन्जिन आकाशमै फेल भएपनि दूर्घटनाबाट जोगिएको छ ।

पाइलट भरत थापासहीत चालक दलका तीन जना सदस्या विमानमा थिए । नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले विमान दूर्घटनाबाट जोगिएको थाहा हुन आएको र त्यसको बारेमा विस्तृत बुझिरहेको बताए ।

विमानमा चालक दलका सदस्य मात्रै रहेका दूर्घटनाबाट जोगिएकाले सबै सकुशल अवतरण भएको बताइएको छ । विमान बुधबार विहान पौनै ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।