वीपी प्रतिष्ठानमा बुधबार र विहीबार स्वास्थ्य प्रदर्शनी

Newslaya Home

वीपी प्रतिष्ठानमा बुधबार र विहीबार स्वास्थ्य प्रदर्शनी

बुधबार १८, भदौ २०७६

धरान । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारदेखि स्वास्थ्य प्रदर्शनी गरिने भएको छ । बुधबार र विहीबार गरेर दुई दिन हुने प्रदर्शनीमा स्वास्थ्यसम्बन्धि विभिन्न स्टलहरु राखिने कार्यक्रमका संयोजक डा. अरुण घिमिरेले जानकारी दिए ।

कार्यक्रम बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म चल्ने बताइएको छ ।

स्वास्थ्यसम्बन्धि चेतना जगाउन गरिएको कार्यक्रममा प्रतिष्ठानका कर्मचारी, डाक्टर, विद्यार्थी तथा सर्वसाधारणहरुको सहभागिता रहनेछ ।