प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो पटक भिडियो कन्फ्रेन्स बैठक हुँदै

Newslaya Home

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो पटक भिडियो कन्फ्रेन्स बैठक हुँदै

मङ्गलबार १७, भदौ २०७६

काठमाडौं । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स बैठक गरेका छन् ।

म‌ंगलबार दिउँसो १ बजेदेखि सिंगापुरबाट प्रधानमन्त्री ओलीले नेपालस्थित कार्यवहाक प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुसँग सरकारको काम बारेमा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् दोस्रो पकट आफ्नो क्याबिनेटका सदस्यहरूसँग संवाद गरेको जानकारी दिए ।