विराटनगरमा सडक निर्माणले टेलिफोन लाइनमा समस्या

Newslaya Home

विराटनगरमा सडक निर्माणले टेलिफोन लाइनमा समस्या

मङ्गलबार १७, भदौ २०७६

विराटनगर । विराटनगरका भित्रि सडकहरु यतिखेर धमाधम बनिरहेका छन् । तर सडक निर्माण गर्दा लापरवाहीपुर्ण तरिकाले क्याविनेट भत्काइदिएपछि विराटनगरमा टेलिफोन प्रशारणमा समस्या देखिएको छ ।

क्याबिनेट भत्काउनुका साथै तारसमेत चुँडाइदिएपछि स्थानीय ग्राहकहरुले लामो समयदेखि टेलिफोन लाइन अवरुद्ध भएको भन्दै गुनासो गरेका छन् । बारम्बार विभिन्न कारणले सेवा अवरुद्ध हुन थालेपछि विराटनगरमा ल्याण्डलाइन टेलिफोनका ग्राहकसमेत घटेका छन् ।

अढाई वर्षअघिसम्म नेपाल टेलिकमको १७ हजारभन्दा बढी ग्राहक रहेकोमा अहिले १५ हजार आसपास झरेको टेलिकम विराटनगरले जानकारी दिएको छ ।

विराटनगर कार्यालय प्रमुख घनश्याम महासेठ भने धमाधम मर्मत भइरहेकोले केही दिनमै समस्या समाधान हुने बताउँछन् ।

तर उपभोक्ताहरुले भने महिनौं प्रशारण अवरुद्ध हुने गरेको गुनासो गरेका छन् ।