यसरी हटाउनुहोस् आँखाको डार्क सर्कल

Newslaya Home

यसरी हटाउनुहोस् आँखाको डार्क सर्कल

आइतबार १५, भदौ २०७६

काठमाडौं । आँखाको वरिपरि कालो धब्बा बस्नुलाई डार्क सर्कल भनिन्छ । डार्क सर्कलका कारण हाम्रो सुन्दरतालाई मात्रै कमी नल्याई, रोगी समेत बनाउँछ ।

कालो धब्बा आउनुका विभिन्न कारणहरु हुन्छन् । पेटको समस्या, अनिदोका कारण पनि हाम्रो आँखामा डार्क सर्कल बस्न सक्छ । सामान्यतया हाम्रो आँखामा डार्क सर्कल बस्दा हामीले घरेलु उपाय अपनाउन सक्छौं । निम्न उपायबाट डार्क सर्कल हटाउन सकिन्छः

– आलुको रस र टमाटरको रसको मिश्रण बनाउनुहोस् । उक्त मिश्रणमा थोरै गुलावको जल पनि मिसाउन सकिन्छ । त्यसपछि कालो भागमा मज्जाले लगाउने । १० मिनेटसम्म राख्ने । अनि चिसो पानीले पखाल्ने ।

– यो प्रक्रिया दिनको दुई पटकसम्म तीन सातासम्म निरन्तर गर्ने । यसले तपाईको आँखामा भएको डार्क सर्कललाई हटाएर तपाईको अनुहारलाई फ्रेस बनाउँछ । टमाटरमा लाइकोपिन र फाइटोकेमिकल्स हुन्छ । यसले छालालाई अत्यन्तै फाइदा पु–याउँछ ।