२०७६ भदौ १५ गते आइतवारको राशिफल

Newslaya Home

२०७६ भदौ १५ गते आइतवारको राशिफल

आइतबार १५, भदौ २०७६

मेष । कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रापनि रहला ।

बृष । भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

मिथुन । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा रहला ।

कर्कट । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।

सिंह । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । ।

कन्या । अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ

तुला । वैदेशिक क्षेत्र कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

बृश्चिक । कार्य सम्पादनमा सहजता मिल्नेछ । अधुरो काम बन्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

धनु । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मकर । पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ । राज्यबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

कुम्भ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिन पुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुब्ने भय छ ।

मीन । अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।