मलाई अल्गो बनाउन आफू होचिने मेरा बा

Newslaya Home

मलाई अल्गो बनाउन आफू होचिने मेरा बा

- नवराज सुबेदी
शुक्रबार १३, भदौ २०७६

आज भाद्र कृष्ण औंसि अर्थात बुबाको मुख हेर्ने दिन । आजको यो अति नै विशेष दिनको अवसरमा सबै बुबाहरुको सुस्वास्थ्य, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना ब्यक्त नगर्ने सायदै भेट्न्छन होला ।

बा एउटा यस्तो शब्द हो, जस्ले जिबनका हरेक घुम्ति र मोडहरुका शाब्दिक जालोलाइ हटाउने अर्थ बोकेर आंतभरी राज गर्छ ।

एक पटक आफ्नै बाल्यकालतर्फ फर्केर हेर्दा र बा शब्दमा पाइने आदर्श नियाल्दा दुनियाका सबैभन्दा ठुला ठुला दर्शन र समाजशास्त्र फिका पर्न जान्छन् ।

जसरी मानिस शिक्षाबिना अपुर्ण रहन्छ, त्यसरि नै बिना बा हरक्षण आफुलाई अपुर्ण भैरहन्छ या ठान्दछ ।

कतिपय मानिसहरुले आफुलाइ संसारको सबैभन्दा अब्बल, प्रगतिशील ठान्दछन् र बा आमालाइ तिर्स्कार गर्छन् । आफ्नै बुताले उपलब्धी हासिल गरेको ठान्दछन् । तर उसलाई अब्बल बनाउन उसका बाले आफ्नो जीवनको एक एक खुसीहरुलाई ओछ्याइदिएका हुन्छन् । बाले आफ्नो खुसी भुलेर दिएको स्नेहले नै म पुर्ण भएको हु भन्ने कुरा बिर्सन्छन् ।

हुन त आजपनि हज्जारौं बा आमाहरु बृद्धाश्रममा आफ्ना सन्ततिको कामना गर्दै पट्यारलाग्दा दिनहरु बिताइरहनु भएको छ । वहाँहरुले शायदै यो परिस्थितिको अनुमान गर्नुभएको थियो । जीवनको सारा शक्ति सन्तानको सुखको लागि अर्पण गर्ने बुवा आश्रममा रहदा पक्कै खुसी हुनुहुन्न । तर वहाँले सन्तानको लागि बाकी खुसी पनि अर्पण गरिदिनुहुन्छ ।

आफू आश्रममा कुजिएर भएपनि आफुले सृजेको घरगृहस्थिमा सुखी भएर बाच्ने सन्ततिको सधै प्रगतिको कामना गर्ने यो सन्सारमा बा भन्दा अरु कुनै त्यस्तो बस्तु या पदार्थ देख्न सायदै सकियोस् ।

बुढेसकालमा बा आमाको सहारा बन्नुको सट्टा वहाहरुलाई घरको ढोका बन्द गर्ने नरपशुहरुलाइ पनि आजको दिन बा आमाको याद पक्कै आउछ होला नै ।

मैले बुझेसम्म सबैको जीवनको आदर्श बुबा नै हो । घरायसी जिबनलाइ एक छिन विश्राम दिएर सोच्ने हो भने मानिसको सामाजिक र बाहिरी जिबन बुवाबाट नै प्रभाबित देखिन्छ ।

आजभोली स साना नानीहरुलाई अक्षारम्भ गराउन प्रसस्त किन्डरगार्डेनहरु खुलेका छन्, तर मेरो अक्षरको सुभारम्भ मेरा बाले गर्नुभएको हो ।

मैले औपचारिक र अनौपचारिक दुबैखाले शिक्षाको गुरु बालाइ नै मान्दछु । दलानमा एउटा काठको तख्तिमा रातो माटो अर्थात धुलौटोलाई पोखेर मेरा स साना कलिला हात समाएर सिन्काले क ख लेख्नका लागि अथक प्रयास गर्ने उनै बालाइ सम्झने दिन आज ।

मैले लेखेको पहिलो ‘क’ हेर्नका निम्त त्यो बेला लालायित भएका बाका आँखाको रहस्य म बुझ्नै सक्दिनथेँ । अहिले म बालार्इ बुझ्ने भएँ तर मैले लेखेका अक्षरहरु ठम्याउने अवस्थामा बाका आँखा छैनन् अचेल । न त वहाँका हातहरुले नै अक्षर लेख्न सक्छन् । आँखाको शक्ति गुम्दैछ, हातको बल सकिदैछ । मलाई यस्तो लाग्छ कि बाले आफू रित्तिएर पनि मलाई भरिदिनुभो । आफ्नो शक्ति, बुद्धि, क्षमता मलाई दिँदै हुर्काउनुभो ।

त्यसैले म बालाइ आज मैले लेखेको आर्टिकल र बा को इच्छाअनुसारका किताबी क र ख हरु समय मिलाएर पढेर सुनाउछु। के तपाइ पनि यस्तै गर्नुहुन्छ ?

मैले जति हट घोडा हट भनिरहदा नथाक्ने बा को ढाड अनि मलाइ अल्गो बनाउन आफु होचिने बाका काधहरु काधहरु साँच्चिकै बलवान् रहेछन् । 

त्यसैले होला आफुले नदेख्ने भिडभित्रको नाटक देखाउन बाले हामिलाइ काधमा बोकिदिनुहुन्थ्यो । हेरेर हामी खुसी हुदा आफैले हेरेजस्तो गरि खुसी हुदै रमाउनुभो । म यतिबेला सोच्नेगर्छु त्यो कत्रो बलिदानी थियो आज हामीले त्यसको बदलामा बिमारले थलिएका बा लाई एक्छिन हात समाएर उठाइदिन कतै झर्के मानेको त छैनौं ?

आखिर सन्ततिले राम्रो नराम्रो जस्तो गरेपनि जस र अपजस दुवैलाई मरणोपरान्त स्विकार गर्ने बा एउटा यस्तो पात्र हुन्, जुन पात्रको सन्ततिमा सदैब कृपा रहने गर्छ । त्यसैले त यो समाज अझैपनि कसैलार्इ भन्ने गर्छ ‘वाह, त्यो त फलानोको छोरो हो नि हैन ?’

हुन त सामाजिक सन्जालमा बा हरुको फोटो राखेर ममता छाट्नेको पनि भीड त्यति कम भने पक्कै छैन । तर त्यो मिलाएर चिटिक्क पारेको फोटो साँच्चिकै हाम्रा निम्ती अझै पनि पाखुरा चलाइरहने बाको संघर्षशील जीवनसङ्ग मेल भने नखाला ।

आफु रहेसम्म सन्ततिका हर आकाङ्क्षालाई साकार पार्न तल्लिन यदि कोहि हुन्छन् भने ती सिर्फ बा हुन्छन् ।
यसकारण पनि कहिले नमेटिने उदाहरण बनेर बा हामीमाझ सधैँ सधैँ पुजनीय हुनुहुन्छ ।

संसारका सम्पुर्ण बाहरुमा नमन ।

2 प्रतिकृयाहरू प्राप्त
  • केदार उप्रेतीलेख्नुहुन्छ
  • |
  • शुक्रबार १३, भदौ २०७६
~~~~तितो यथार्थ~~~~~ अनाथ आश्रममा बच्चा मिल्छन गरिबका वृद्धाश्रममा आमा-बुवा मिल्छन धनीका .... राम्रो लेख नवराज जि लाई धन्यवाद
  • मनिष सुबेदिलेख्नुहुन्छ
  • |
  • शुक्रबार १३, भदौ २०७६
सरै राम्रो मनै कट्क खाएआयो।