आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

Newslaya Home

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

शुक्रबार १३, भदौ २०७६

इटहरी । बुवाको मुख हेर्दै र कुश भित्राउँदै आज हिन्दु धर्मावलम्वीले देशभर कुशे औँशी पर्व
मनाउँदैछन् ।

वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यो पर्व मनाउने चलन छ । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ ।

शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा पुर्याउने र कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ ।

कुशे औँसीलाई बुवाको मुख हेर्ने दिनको रुपमा पनि मनाइन्छ । यो दिन छोराछोरीले आफ्ना बुबालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाइ खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् ।