बेलायतमा जन्मियो विश्वकै सानो बच्चा

Newslaya Home

बेलायतमा जन्मियो विश्वकै सानो बच्चा

बिहीबार १२, भदौ २०७६

बेलायतमा विश्वकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर मान्छेको हत्केलामै अटाउँछ । ती शिशुको नाम डेजी शेरवुड हो । उनलाई आमा कारा ओनकेन र बुवा साइमन शेरवुडले जन्म दिएका हुन् ।

१८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको थियो भने शरीरको लम्बाइ ११ इन्च थियो । मार्गरेटस्थित एक अस्पतालमा उनको जन्म भएको थियो ।

उक्त शिशु अहिलेसम्म पनि अस्पतालको आईसीयूमै राखिएको छ । शिशुले भेन्टिलेटरको माध्यमबाट स्वास लिने र ट्युबबाट खाना खुवाउने गरिएको छ । अहिले शिशुको तौल ८ सय २५ ग्राम जति भएको छ ।

ती शिशु जन्मिएको पाँच दिनपछि मात्र रोएकी थिइन् ।