अमेरिकामा सांसदहरुको तलब कति ?

Newslaya Home

अमेरिकामा सांसदहरुको तलब कति ?

बुधबार ११, भदौ २०७६

विश्वका अधिकांश देशहरुमा सांसदको तलबलाई लिएर बहस हुने गरेको छ । केही विवादित नै छन् भने कुनै देशको सरकारले सांसदको तलबलाई निकै गम्भिरताका साथ लिदैँ आइरहेको छ ।

विश्वका केही यस्ता देशहरु रहेका छन् जहाँ सांसदहरुको तलब अति नै धेरै रहेको छ भने कतिपय देशमा अति नै कम रहेको छ । विश्वकै शक्तिशाली देश अमेरिकामा भने सांसदहरुको तलब कति रहेछ त ? आउन्होस् जानौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तलब ४ लाख डलर रहेको छ । त्यस्तै ५३५ जना सांसदहरुको तलब १ लाख ७४ हजार डलर रहेको छ ।

त्यस्तै सभामुख र माइनोरेटी लिडरको तलब ३३३२२१ न्युजिल्याण्ड डलर रहेको छ ।

सांसदहरुको तलब सन् २०१२ देखि नबढेको मिडिया रिपोर्टमा उल्लेख छ ।