रवि लामिछानेको पक्षमा देशभर प्रदर्शन

Newslaya Home

रवि लामिछानेको पक्षमा देशभर प्रदर्शन

शनिबार ०७, भदौ २०७६

काठमाडौ । पत्रकार रवि लामिछानेको समर्थनमा शनिबार काठमाडौँसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

स्वतस्फूर्त प्रदर्शनमा आएका समर्थकहरुले माइतीघर र नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । ठूलो संख्यामा भेला भएका समर्थकहरुले रवि लामिछानेको निर्शत रिहाइको माग गरेका छन् । उनीहरुले निष्पक्ष अनुसन्धान गर्न र न्यायको पक्षमा प्रदर्शन गरेको बताएका छन् ।

आजै काभ्रे, इनरुवा, बाँकेलगायतका ठाउमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

घटनाको अनुसन्धानका लागि रविसहित पत्रकार युवराज कंडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीको हिरासतमा राखिएको छ । उनीहरुलाई प्रहरीले आइतबार अदालतमा पेश गरिदैछ । फेरी म्याद थप्ने सम्भावना छ ।